तेस्रो टोल स्तरीय फुटबल प्रतियोगितामा धापटोल, खाद्य र दिव्यपद विजयी तेस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा धाप टोल विकास , खाद्य टोल विकास र दिव्यपद टोल विकास विजयी बनेका छन्। आज भएको खेलमा धाप टोलले आदर्श टोल विकास माथि १-० गोलको जित हात पारेको हो। धाप टोलको जितमा सुभम खड्काले दसौं मिनेटमा खेलको एकमात्र गोल गरेका थिए। यस्तै दोस्रो खेलमा खाद्य टोल विकासले प्रगतिशील टोल विकासलाई टाइब्रेकरमा स्तब्ध पारेको हो। निर्धारित समयको खेल २-२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा गएको थियो। टाइब्रेकरमा खाद्यले ४-३ गोलको जित हात पारेको हो। यस्तै आज भएको अन्तिम खेलमा दिव्यपद टोल विकासले स्वागत टोल विकासले २-० गोलको जित हात पारेको हो। दिव्यपदको जितमा दिनेश फुयालले खेलको दसौं र बिसौं मिनेटमा समान एक-एक गोल गरेका थिए। आज विजयी बनेका सम्पूर्ण टोली प्रतियोगिता क्वाटरफाइनलमा प्रवेश गरेका छन्। यस् प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले १५ हजार पुरस्कार रकम प्राप्त गर्नेछन्।